जति माया लाए पनि…’ मधुरो गुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो ।


– रामबहादुर थापा ‘जति माया लाए पनि…’ मधुरो गुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो । घरी वाहीवाही चल्थ्यो । आइतबारको छिप्पिँदो साँझ बागलुङका लागि भिन्न बन्यो । साउन ५ गायक अरुण थापाको स्मृति दिवस । बागलुङमा यसपालि मुर्चुङ्गा कलाकार समूहले अरुणलाई सम्झियो । समूहले २०औँ स्मृति दिवस पारेर ‘अरुण स्मृति साँझ’ को तारतम्य मिलाएको थियो । आफ्ना प्रिय गायकको सम्झनामा गायक किशोर थापा, प्रेम बुढा, हुमन थापालगायत मञ्चमा हुनुहुन्थ्यो । वाद्यवादनमा पोखरादेखि आएका विनोद गुरुङ (गितार), मनोज बाँस्तोला (किबोर्ड) र गुप्त गुरुङ (अक्टोप्याड) ले सघाउनुभयो । गायक किशोर थापाले अरुणका लोकप्रिय गीत ‘ऋतुहरुमा तिमी’, ‘दोष कसैलाई दिन चाहन्नँ’, ‘चोट के हो व्यथा के हो’ लगायत गाउनुभयो । प्रेम बुढा र हुमनले ‘जति माया लाए पनि’ युगल गाउनुभयो । सामूहिक गायनमा ‘करोडौँ मुटुहरुको’ गुञ्जिँदा दर्शकदीर्घाले पनि सँगै गुन्गुनाए । अरुणका दर्जन बढी चर्चित गीत कार्यक्रममा प्रस्तुत भए । गायक अरुण थापाको सम्मानमा स्मृति साँझको आयोजना गरिएको समूहका अध्यक्ष किशोर थापाले बताउनुभयो । “अरुण थापा नेपाली सङ्गीत क्षेत्रको विशिष्ट प्रतिभा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँको व्यक्तित्व र योगदानलाई चिरस्थायी बनाउनुपर्छ ।” अरुणले विसं २०३४ मा गाएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हाँ’ बिबीसीले गरेको सर्वेक्षणमा विश्वका उत्कृष्ट १० गीतमध्ये सातौँ स्थानमा पर्न सफल थियो । नेपाली सुगम सङ्गीतलाई विश्वजगत्मा चिनारी गराउने श्रेय पनि गायक अरुणलाई जान्छ । विसं २००९ माघ ११ गते जन्मनुभएका अरुणको २०५६ साउन ५ मा निधन भएको थियो । ४७ वर्षको छोटो आयु बाँचे पनि अरुणले नेपाली समाजलाई कालजयी गीत दिनुभएको छ । विगतमा नेपाल मगर विद्यार्थी सङ्घले ‘अरुण स्मृति साँझ’ को आयोजना गर्ने गरे पनि यो वर्ष पहिलोपटक समूहले गरेको हो । स्मृति साँझका प्रमुख अतिथि नेपाल मगर सङ्घका केन्द्रीय सदस्य एवं तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले राज्यले अरुणलाई सम्मान गर्न नसकेको गुनासो गर्नुभयो । “अरुण थापा त देशकै पहिचानका रूपमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “राज्यका तहबाटै उहाँको सम्झना गरिनुपथ्र्यो, बिडम्बना त्यो हुनसकेको छैन ।” विगतदेखि नै मगर समुदायले विशेषरूपमा अरुण थापाको स्मृति दिवस मनाउँदै आएका छन् । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागलुङका अध्यक्ष सङ्गम घर्तीमगरले अरुण थापाको जीवनीबारे प्रकाश पार्नुभएको थियो । अरुण थापाको योगदानको सम्झनास्वरूप स्मृति साँझ राखिएको कार्यक्रम संयोजक मन पुनले बताउनुभयो । “नयाँ पुस्तामाझ अरुण थापालाई चिनाउनु पनि कार्यक्रमको उद्देश्य हो”, उहाँले भन्नुभयो । अरुणले विसं २०३२ मा रेडियो नेपालमा स्वरपरीक्षा उत्र्तीण गरेपछि आश्विन गुरुङको रचना र ओमविक्रम विष्टको सङ्गीतमा ‘कतै टाढा तिमीबाट पुगेँ भने सम्झेर नरुने ठूलो छ संसार’ बोलको गीत ‘रेकर्ड’ गराउनुभएको थियो । उहाँको पहिलो गीतले सोचेजति सफलता पाउन सकेन । विसं २०३४ को अन्त्यतिर गाएको ‘ऋतुहरुमा तिमी’ र २०३६ मा सार्वजनिक ‘जति माया लाए पनि’ बोलको गीतले अरुण थापालाई एकाएक चर्चामा ल्याएको थियो । –––

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई