जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
दाङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका-५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।