रअको टोलीसँग देउवाले दूताबासमै गएर साँझ ७ बजेर ४० मिनेट देखी राति ११ बजेर ४० मिनेटसम्म कुरा गरे

पाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रअको टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो।
रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता ग¥यो।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको हो। रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा व्यस्त छ।
भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए। दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुगेका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिएका थिए। देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा.अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी थिए। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।