राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको कडा स्टाटस, आफुलाई नियन्त्रण गर्नु अन्यथा धेरै महँगो पर्नेछ


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य किरण पौडेलले एमाले पोलिटव्युरो सदस्य महेश बस्नेत लाखौं युवाहरुको उर्जा र प्रेरणाको श्रोत मात्र हैनन,एक युवा स्पिड बोकेका बिकास निर्माण प्रती पुर्ण प्रतिबद्ध र प्रमाणित ब्यक्ती हुन भनी बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पौडेलले उक्त कुरा बताउनु भएको हो ।

पौडेलले आलोचकहरूलाई महेश बस्नेतको एक ईन्च केहि बिगार्न सक्दैनौ भन्दै नियन्त्रण गर्नु अन्यथा धेरै महँगो पर्नेछ भन्नुभएको छ ।

हेर्नुस पौडेलको स्टाटस

लाखौं युवाहरुको उर्जा र प्रेरणाको श्रोत मात्र हैनन,एक युवा स्पिड बोकेका बिकास निर्माण प्रती पुर्ण प्रतिबद्ध र प्रमाणित ब्यक्ती हुन महेश बस्नेत ।
नेपाली समाज र युवा आन्दोलनमा महेश बस्नेतले निभाएको भूमिकाका बारेमा अनबिज्ञहरु, देश ,समाज र आफनै घरपरिवारलाई समेत बोझ साबित केहि अराजक जत्थाहरु सामाजिक संजालमा सिमा नाघेर तुच्छ रुपमा प्रस्तुत भैरहेका छन ,यो कदापी सह्य छैन । हामी लोकतान्त्रीक ब्यब्स्था र यस्ले प्रत्याभुत गरेका अधिकारहरु प्रति सचेत छौ, तर स्वतन्त्रताका नाममा सिमा नाघेर अमर्यादित ढङ्गले तुच्च आरोप लगाउने,ब्यक्तिगत चरीत्र हत्या गर्ने ,ज्युधनको धम्कीपुर्ण शब्द प्रयोग गर्नेहरु लाई चेतावनी दिन चाहन्छौं सबै किसिमाका अराजकता र उदण्डताका बिरुद्ध जस्तालाई त्यस्तै जवाफ हामी संग छ । र संगै कानुनी उपचार पनि छदैछ ।
महेश बस्नेतको बारेमा अनेकन लेखेर आत्मरतीमा रमाउनेहरु !! महेश बस्नेत लाई यो गर्छु ,उ गर्छु भन्दै समाजिक संजालमाआफ्ना भ्युवर बढाउनकै लागि समय बर्बाद गर्नेहरु , दिवा सपना देख्न बन्द गरौं , महेश बस्नेतको एक ईन्च केहि बिगार्न सक्दैनौ तिमीहरु,आफुलाई नियन्त्रण गर्नु अन्यथा धेरै महँगो पर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई