एमाले उपाध्यक्ष बिष्णु पौडेल सर्वसम्मत उम्मेदवार
बुटवल, भदौ २० । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको एकल नाम सिफारिस भएको छ ।
एमाले रुपन्देही क्षेत्र नम्बर २ को आज बसेको बैठकमा सहभागी सवैले पौडेल नै पुनः उम्मेदवार बन्नुपर्ने अडानसहित कसैले कसैले पनि आकांक्षा नराखेपछि पौडेल सर्वसम्मत रुपमा सिफारिस हुनुभएको हो । बैठकमा उपाध्यक्ष पौडेल भने उपस्थित हुनुभएको थिएन । पौडेलका तर्फबाट एमाले जिल्ला सदस्य बाबुराम पन्थीले प्रस्ताव राख्नुभएको थियो ।
उहाँको प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरी पौडेलको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । एमाले पोलिटब्युरो सदस्य लीला गिरीले रुपन्देही २ मा उपाध्यक्ष पौडेलको विकल्प कोही नभएकाले उहाँलाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्वाण् गरिएको बताउनु भएको छ ।
पूर्वउपप्रधान तथा अर्थमन्त्री समेत रहनुभएका पौडेलले २०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो । पौडेलले सुरु गरेका ठूला विकास योजना पूरा गर्न पनि पार्टीले उहाँको नेतृत्व खोजेको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताउनु भयो ।
विकासप्रेमी नेता पौडेल आफ्नो क्षेत्रमा निर्बिवाद र निर्बिकल्प मानिनुहुन्छ । उहाँले रुपन्देहीको बिकाशमा अगाडि बढाउनु भएको योजनाकै कारण जिल्लाभर लोकप्रिय हुनुहुन्छ ।