अध्यक्ष ओलीसँग अमेरिकी राजदूतद्वारा विदाई भेट


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डि बेरीले विदाई भेट गर्नुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज भएको विदाई भेटमा अध्यक्ष ओलीले राजदूत बेरीको सफल कार्यकालका लागि बधाई तथा धन्यवाद दिनुभयो ।
भेटमा नेपाल र अमेरिकाबीचको  मित्रतापूर्ण सम्बन्ध र नेपालको विकासमा अमेरिकी सहयोगका बारेमा कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष ओलीले गरिबी निवारण र दिगो विकास लक्ष्य प्राप्तिका सन्दर्भमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड१९ ले केही प्रभावित गरे पनि नेपाल त्यस दिशामा अगाडि बढिरहेको वताउनुभएको थियो ।
भेटमा राजदूत बेरीले अध्यक्ष ओलीको नेतृत्वको सरकारका समयमा नेपालको समृद्धि र विकासका कामले गति लिएकोमा प्रशंसा गर्दै आफू अमेरिका फर्केपछि पनि नेपालको विकासमा अमेरिकी सहयोगका लागि सधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेटमा अध्यक्ष ओलीका साथमा परराष्ट्र मामिला विभागका सचिव डा. अञ्जान शाक्य, लक्की शेर्पा र राजेश  बज्राचार्य सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई