एमाले केन्द्रीय प्रचार विभाग उप-प्रमुख रिजालको यस्तो आयो स्टाटस
नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा (एमाले) नै कम्युनिस्ट आन्दोलनको मियो भएको बताउनु भएको छ । समाजीक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो ।
हेर्नुस स्टाटस
०६४ सालयताका हरेक निर्वाचन परिणामहरु केलाउँदा माओवादी निरन्तर ओरालो लागिरहेको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनसम्म आइपुग्दा यो पार्टी १२ प्रतिशतमा सीमित भएको छ । हिजो मात्रै केन्द्रीय सदस्य यामबहादुर किसानलगायतका नेता–कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । हिजो जनयुद्ध लडेका शीर्षस्थ नेताहरु नै नेकपा (एमाले) को नेतृत्वमा रहनुले नेकपा (एमाले) नै कम्युनिस्ट आन्दोलनको मियो हो भन्ने देखाइरहेकै छ ।
कम्युनिस्ट पार्टीको साइनबोर्ड झुण्ड्याएर कांग्रेसको सेवा गर्ने, वामपन्थीका विरुद्ध दक्षिणपन्थी गठबन्धन बनाउने, कांग्रेसका सभापतिलाई आफ्नो मुख्य नेता मान्ने र एउटाविरुद्ध अर्कालाई प्रयोग गर्ने अवसरवादी नीति बोक्ने जस्ता कारणले ढिलो–चाँडो यो पार्टी इमानदार कार्यकर्ताले छाड्नुबाहेक विकल्प रहँदैन ।