अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या २२ पुग्यो


अछाम – अछाममा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो । सबैको सनाखतसमेत भएको अछामका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाउनेहरुमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षिया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ बर्षिय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीय मेनिका शाही, ३ वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, कमलबजार नगरपालिका ६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ बर्षिय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी, १२ वर्षीय सिरु कामको ज्यान गएको छ ।

यस्तै, कमलबजार नगरपालिका-८ ढुङ्गला बस्ने एकैघरका २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यसैगरी, घाइते हुनेमा ढकारी गाउँपालिका ६ बस्ने ६२ वर्षीय हर्क वुढा, २१ वर्षीय चन्द्र देवी बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्र सिह कामी, १२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय शुसिल कामी, २ वर्षीय सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ वर्षीय खटी दमाई रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई