प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत फर्कने तयारी,राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । आफूमाथि लागेको महाभियोग प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै राणा अदालत फर्कन लागेका हुन् ।
राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।