एमाले समानुपातिकमा युवालाई अवसर


काठमाडौं असोज ४ : नेकपा एमालेले समानुपातिक अवसर नदोहोर्‍याउने नीति अपनाउँदा युवा र नयाँ अनुहारले अवसर पाएका छन् । जनसंगठन तथा पार्टीका विभिन्न निकायमा सामेल भएर मोर्चामा सक्रिय भएकाहरुलाई पार्टीले समानुपातिकमा अघि सारेको हो ।

महिलाको क्लस्टरमा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई समानुपातिक सुचीमा राखिएको छ । थापा एमाले उपाध्यक्ष रामबहादुर थापाकी श्रीमती हुनुहुन्छ । यसैगरी केन्द्रीय सदस्य दिपा शर्मा,अनेरास्ववीयूकी अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बराल,यूवा संघ नेपालका उपाध्यक्ष क्रान्ती बुर्लाकोटी,पूर्व केन्द्रीय सदस्य उमा कोइराला,भक्त कुमारी लामालाई पनि समानुपातिक सुचीमा राखेको छ ।

यस्तै कर्णाली प्रदेश सदस्य मेनका पछाई,झापा दमककी निरु पुलामी,दैलेखकी सूर्य कुमारी श्रेष्ठ,कालीकोटकी इन्दिरा सन्जेललाई पनि पार्टीले समानुपातिक सुचीमा राखेको एमाले स्रोतले जानकारी दिएको छ ।

यसैगरी हर्कमाया विक, अञ्जु प्रसाईं बर्देवा आदिलाई पनि एमालेले महिलातर्फको समानुपातिक सुचीमा राखेको छ ।
निर्वाचन विभाग उपप्रमुख निरज आचार्यका अनुसार उपमहासचिव एवं निर्वाचन विभागका प्रमुख विष्णु रिमाल नेतृत्वको टोलीले निर्वाचन आयोगमा अपरान्ह १ सय १० जनाको समानुपातिक सुची बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई