झुटा विवरण दिएर नागरिकता बनाउन खोज्ने कारागार चलान


झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने दुई जनालाई कारागार चलान गरिएको छ ।

गत असार १० गते झुटो विवरण पेश गरी नागरिकता लिन खोज्दा पक्राउ परेका भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागार्इं र झापाको दमक निवासी ३४ वर्षीय भीमबहादुर चौलागाइलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाताले भतिजा पर्ने र भारतीय नागरिकता लिई सकेका राजुलाई भीमले आफ्ना भाई हुन् भनेर नागरिकता दिलाउन खोजेको पाइएपछि उनीहरु दुवै जना जिल्ला प्रशासन कार्यालय परिसरबाटै पक्राउ परेका थिए ।

पहिले नेपालबाटै भारत गएका राजुले भने उतैको नागरिकता लिइसकेको पाइएको प्रहरीको भनाइ छ । “बाबु बाजेकै पालादेखि उतै बस्दै आएका राजुले भारतकै नागरिकता लिइसकेका रहेछन्, फेरी नेपालको समेत नागरिकता लिनका लागि झुटो विवरणसहित जिल्ला प्रशासन कार्यालयमा आएका उनीहरुले कार्यालयले विवरण लिने क्रममा फरक फरक कुरा गरेपछि त्यहीबाट पक्राउ परेका थिए”, प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले भन्नुभयो । प्रहरीद्वारा अनुसन्धान पूरा भएपछि जिल्ला अदालतले कारागार चलान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई