पूर्व प्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश


काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा खनाललाई खादा र अवीर लगाई स्वागत गर्नुभयो ।
सोही कार्यक्रममा संविधान सभा सदस्य, नेपाली काँग्रेसकी नेतृ मीना विश्वकर्मा पनि एमालेमा प्रवेश गर्नुभयो । उहाँ कपिलवस्तु निवासी हुनुहुन्छ ।


त्यसैगरी जनता समाजवादी पार्टीका नेता, सुदूरपश्चिम प्रदेशका इन्चार्ज होरिलाल चौधरी, प्रदेश कमिटी सदस्य पूर्णराज जोशी,  पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, विवेकशील साझा पार्टीका संस्थापक सदस्य अब्दुस मिया, नेपाली काँग्रेसका रौतहटका कार्यकर्ता शेख सेराज, नेपाल समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य दिलबहादुर गुर्मछान मगर (सिन्धुली), माओवादी केन्द्रका सिन्धुली जिल्ला कमिटीका सदस्य मानबहादुर आले मगरलाई पनि एमालेमा प्रवेश गर्नुभयो ।


सो कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले नवप्रवेशीहरूले सही समयमा सही निर्णय गर्नुभएको वताउँदै देश, जनता र लोकतन्त्रलाई विजयी बनाउने महान उद्देश्यमा समाहित हुनभएकामा बधाई छ भन्नुभयो ।
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल भएकाले देशको समृद्धि र विकास चाहने सबै देशभक्तहरूलाई एमालेमा आउन आह्वान गर्नुभयो ।
महासचिव पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य स्थापना गर्न चाहेको र पार्टी अध्यक्षलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको वताउनुभयो ।
गठबन्धनमा रहेका दलहरूको व्यक्तिगत स्वार्थ बाहेक कुनै नीति, लक्ष्य र गन्तव्य नभएको वताउँदै महासचिव पोखरेलले नीति र नेता नभएको गठबन्धनले देश हाक्न सक्दैन भन्नुभयो ।
उहाँले आफ्नो स्वार्थमा गठजोड गर्नेहरूलाई आगामी निर्वाचनमा जनताले पराजित गरेर सजाय दिनुपर्ने वताउनुभयो ।


कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक खनालले समृद्ध नेपाल सुखी नेपालीका प्रणेताको हातबाट खादा लगाई उहाँको अभियानलाई सहयोग पुर्याउने अवसर प्राप्त भएकोमा आफू हर्षविभोर भएको वताउनुभयो ।
आफू नेपाल प्रहरीमा रहेर काम गर्दा धेरै प्रधानमन्त्रीहरूसँग सामीप्यता भएको वताउँदै खनालले एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो राष्ट्र र जनताको हितमा काम गर्ने प्रधानमन्त्री अरू कोही नपाएको वताउनुभयो ।
उहाँले प्रहरी सेवामा रहँदा तत्कालीन प्रधानमन्त्री ओलीको विधि र प्रक्रिया बमोजिम काम गर्नुपर्छ भन्ने मान्यताबाट आफू प्रभावित भएको वताउँदै देशमा आपराधिक क्रियाकलापमा रहेका समूहहरूलाई निस्तेज गर्ने, सीके राउत समूह र नेकपा विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउने लगायतका तत्कालीन प्रधानमन्त्री ओलीका शान्ति सुव्यवस्थाका दृष्टिले महत्वपूर्ण काम नेपालको इतिहासमा सधै सम्झनामा रहने उहाँको भनाई थियो ।
पूर्व महानिरीक्षक खनालले प्रहरी, सेना, राष्ट्रिय अनुसन्धान विभागमा काम गर्नुभएका सबै पूर्व सुरक्षाकर्मी साथीहरू र नेपाली जनतालाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा देश बनाउने गन्तव्य निर्धारण गरी अगाडि बढिरहेको एमालेलाई विजयी बनाई हामीले चाहेको विकास र समृद्धि प्राप्त गर्ने अवसर दिन आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई