“प्राइम मिनिस्टर इन वेटिङ” जोनसनसँग जोडिएका महत्वपूर्ण मितिहरू


लण्डन: कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मङ्गलबार विजय प्राप्त गर्नुभएको छ । यस विषय सगैं उहाँ बेलायती प्रधानमन्त्री नियुक्ती हुने निश्चित भएको छ। उहाँले बुधबार महारानी एलिजावेथ द्वितीयसँगको भेट पछि औपचारिक समारोहबीच बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ ।

नेता जोनसनसंग सम्बन्धित महत्वपुर्ण मितिहरु
नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो ।

सन् १९८३: एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट चारबर्ष पछि स्नातक उर्तिण

सन् १९८७: द टाइम्स पत्रिकामा काम शुरु

सन् १९८९ देखि १९९४ सम्म: टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा काम

सन् १९९९ देखि २००५ सम्म: द स्पेक्टेटर नामक खबर पत्रिकामा काम

सन् २००१: लण्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद सदस्य निर्वाचित

सन् २००५: हेन्लीबाट पुनः निर्वाचित

सन् २००८: विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लण्डनको मेयरमा निर्वाचित

सन् २०१२: लण्डनको मेयरमा पुन:निर्वाचित

सन् २०१५: अक्सब्रिज र साउथ रस्लीपबाट संसदमा निर्वाचित

सन् २०१७: सोही क्षेत्रबाट पुन निर्वाचित

सन् २०१६: ब्रेक्जिटको पक्षमा मतदान गरेका बेलायतीहरूलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उहाँले तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरूनको राजिनामा पछि बनेको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी

सन २०१८ जुलाई ९: प्रधानमन्त्री टरिजा मेका ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै विदेशमन्त्रीबाट राजिनामा

सन् २०१९ जुलाई २३: प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई