पाँच दलीय गठबन्धनको उद्देश्य सत्तामा पुग्ने, मिलिजुली खाने र आ–आफ्ना परिवार सपार्ने मात्र रहेको छ : अध्यक्ष ओली


 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकमा अधिनायकवाद लाद्न खोजेको वताउँदै लोकतन्त्रको रक्षाका लागि बलिदान दिन आफू तयार रहेको बताउनुभएको छ ।
पार्टीको जनसंगठन राष्ट्रिय युवा संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले पनि आफूमा देश, जनता, राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि सङ्घर्ष गर्ने युवा जोश, जाँगर र सङ्कल्प रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा सरकारले खोसेको भन्दै त्यो काम अधिनायकवादको पराकाष्टा भएको बताउनुभयो ।
अध्यक्ष ओलीले सरकारलाई जे मन लाग्यो त्यही गर्ने होइन भन्दै लोकतान्त्रिक गतिविधि गर्न सचेत गराउनुभयो ।
अध्यक्ष ओलीले ४६ साल यता २१ वर्ष सरकार चलाएको काङ्ग्रेसले देशका उद्योगधन्दा बेचेर खाएको चर्चा गर्दै एमाले सरकारमा पुग्नासाथ विकासका काम गर्ने भएकाले काँग्रेस अहिले आत्तिएको बताउनुभयो ।
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको उद्देश्य सत्तामा पुग्ने, मिलिजुली खाने र आ–आफ्ना परिवार सपार्ने मात्र रहेकाले देशको रथ यिनीहरूबाट नतानिने वताउनुभयो ।
एमालेले जहाँ पाइला टेक्यो त्यहाँ परिवर्तन आउने वताउँदै अध्यक्ष ओलीले चुनावपछि बन्ने एमालेको सरकारले देशबाट गरीबी उन्मुलन गर्ने छ भन्नुभयो ।
उहाँले अनेकथरि प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको र अहिले एमालेको पक्षमा लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्न थालेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई