नयाँ कर नीतिका व्यवहारिक समस्या समाधान गर्न सरकार तयार- अर्थमन्त्री


अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको नयाँ कर नीतिमा भएका व्यवहारिक समस्या समाधान गर्न सरकार सदैब तयार रहेको जानकारी गराउनु भयो।

सरकारले यसै आर्थिक बर्षको शुरुवात देखि ज्याला तथा तलबको भुक्तानी गर्दा अनिवार्य प्यान हुनेपर्ने र ज्याला तथा तलबको भुक्तानी बैंक खातामार्फत गर्नु पर्ने प्रावधान लागु गरेको छ। साथै नक्कली बिलका माध्यमबाट राजश्वको चुटावट हुने प्रबृति बढेकाले मालवस्तुको ओसारपसार गर्दा अनुगमनको लागि मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) लागु गरेको छ।

सम्बन्धित सरोकारवाला नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले ल्याएको नयाँ कर नीतिमा लागु गर्न व्यवहारिक कठिनाई भएकाले सरकारले उनिहरुको समस्याको सम्बोधन गर्नुपर्ने माग राखेका छन। यस बिषयलाई लिएर महासंघका पदाधिकारी र अर्थमन्त्री विचमा आज अर्थमन्त्रालयमा अन्तक्रिया भएको थियो। उक्त अन्तक्रियामा अर्थमन्त्रीले नयाँ कर नीतिमा व्यवहारिक कठिनाई भएमा सरकारले सो कठिनाईलाई सम्बोधन गरेर अघि बढ्न तयार रहेको बताउनु भएको हो।

घरेलु उद्योगहरुको प्रवद्र्घन गर्न सरकार लागि परेको अवस्थामा अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएका साना तथा घरेलु उद्योगहरुका समस्यालाई समाधान गर्न सरकार सदैव तयार रहेकोमन्त्री खतिवडाले जनाउनु भयो।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई