एमाले सचिवालय बैठक राती १ बजेसम्म, अधिकांस उम्मेद्वारको टुंगो लाग्यो


काठमाडौ- नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका अधिकांस उम्मेद्वारहरु टुंगो लगाएको छ । राती १ बजेसम्म बसेको बैठकले केही ठाउँ बाहेकका उम्मेद्वार टुंगो लगाएको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।
स्रोतका अनुसार मधेस प्रदेश, रुपन्देही ३,ताप्लेजुङ लगायतका केही ठाउँमा उम्मेद्वारीको टुंगो लगाउन बाँकी छ । यी ठाउँहरुमा थप परामर्श सहित उम्मेद्वारीलाई अन्तिम रुप दिने काम अध्यक्ष केपी शर्मा ओलीले गर्ने बैठकले निर्णय गरेको छ । उम्मेद्वारी टुंग्याए पनि त्यसलाई पार्टीले गोप्य राखेको छ ।
मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र अन्य केही ठाउँमा राप्रपासँग हुन सक्ने तालमेलका कारण पनि उम्मेद्वारी फाइनल नभएको नेताहरुले बताएका छन् । बिहिबार साँझ ५ बजे देखि अध्यक्ष ओली निवास बालकोटमा भएको बैठक राती १ बजे सकिएको हो । बैठकमा सचिव रघुबीर महासेठले मधेस प्रदेशका बिषयमा आफूले निर्णय गर्न पाउनु पर्ने अडान राख्नु भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई