नेपालले मलेसियालाई हरायो

८ साउन, काठमाडौं : ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङसँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ ।
सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
नेपालका लागि ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै मलेसिया ७ विकेटले पराजित गर्न सफल भयो ।
टी–२० विश्वकप छनोटको एसिया फाइनलमा याे पहिलो जित हाे ।
कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गर्दै ५१ रन बनाए । उनले २१ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
प्रदिप ऐरीले १२ रन बनाए भने विनोद भण्डारीले अविजित १२ रन बनाउँदै नेपाललाई जित दिलाए ।