एमाले र जसपाको सहमतिको ड्राफ्ट, दुई वर्षदेखिको सत्ता गठबन्धन औपचारिक रूपमै फुट!
काठमाडौं, २१ असोज । सिट बाँडफाँटमा सत्ता गठबन्धनका दलसँग असन्तुष्ट रहेको जनता समाजवादी पार्टीले एमालेसँग चुनावी तालमेल गर्ने भएको छ ।
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जसपालाई १६ सिटभन्दा बढी नदिने भएपछि यादव असन्तुष्ट हुनु भएको बताइएको छ । उहाँले भित्रभित्रै एमाले अध्यक्ष ओलीसँग पनि वार्ता गरिरहनु भएको खबर बाहिरिएको थियो । तर, (बिहीबार) उहाँ गठबन्धनको बैठक छोडेर एमाले नेता रघुवीर महासेठकाे काठमाडौंस्थित निवासमा पुग्नु भएको थियो ।
जसपाको तर्फबाट उपेन्द्र यादवसहितका नेताहरू र एमालेको शीर्ष नेताहरूबीच चुनावी तालमेलको करिव सहमतिको नजिक पुगेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी र एमालेबीच तालमेल नहुने भएपछि यादवले एमालेसंग निकटता बढाउनु भएको थियो । श्रोतका अनुसार एमाले प्रतिनिधिसभा प्रतक्ष्यतर्फको २४ सिट जसपालाई दिन तयार रहेको श्रोतले बताएको छ । एमाले र जसपाबीच चुनावी तालमेलको सहमति बनेमा दुई वर्षदेखिको सत्ता गठबन्धन औचारिकरूपमै फुट हुनेछ ।
जसपाका एक नेताका अनुसार शुक्रबार विहानसम्म एमाले र जसपाबीच लिखित सहमति हुनेछ ।