अवैध लागूऔषध सहित पक्राउ


धनुषा, जनकपुर उपमहानगरपालिका-९ पिरारी चोक बस्ने ३८ वर्षीय जितेन्द्र साहलाई उनकै कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० एम्पुल  सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले आफ्नै श्रीमतीलाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानी डेरा गरी बस्ने दैलेख ठाँटिकाँध गाउँपालिका-४ वतन भएका २१ वर्षीय कोरीदम भन्ने राम बडुवाल समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा अवैध लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।
प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई