एमालेका महासचिव शंकर पोखरेलको यस्तो आयो स्टाटस
काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहले सत्तारुढ गठबन्धनका नेताहरुसँग साँठगाँठ गरेर एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ । सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो ।
पोखरेलको स्टाटस
अराजनीतिक षडयन्त्रको नमुनाः
प्रभु साह जसपासंगको तालमेलको संझौता वैठकमा सहभागि हुनु भो ।उक्त सहमती पश्चात मधेसप्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा वस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफुले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतीको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासंगको षडयन्त्रपूर्ण साठगाँठनै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै वुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपा वीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।