नेपाल प्रहरीको महिला फुटबल टिम सेमिफाइनल प्रवेश


स्याङजा, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आइतबार भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लबले समूह चरणको दोस्रो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्याङजाको वालिङमा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १०-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि रेखा पौडेलले ६ गोल, निर्मला बिकले २ गोल, दिपा न्यौपानेले १ गोल र अनुस्का शेर्पाले १ गोल गरेका थिए ।

जितसँगै नेपाल प्रहरीको महिला फुटबल टिम समूह ‘ए’ मा ६ अंक सहित समूह विजेता बन्दै सेमिफाइनममा प्रवेश गरेको छ । नेपाल प्रहरीको महिला फुटबल टिमले कात्तिक १ गते समूह ‘सि’को उपविजेता सँग सेमिफाइनल खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिना बिजय भएको छ । लुसैल स्टेडियममा

अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी

कतार विश्वकपको फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका

ब्राजिलले विश्वकप २०२२ जित्ने भविष्यवाणी

काठमाडौं, २ मंसिर । विश्वकप फुटबल प्रतियोगिता आगामी आइतबारबारदेखि कतारमा सुरू हुँदैछ । तर, विश्वकप

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई