फेरी बढयो शेयर बजार


काठमाडौँ, २७ चैत (रासस) : मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता शेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री भए । कारोवार भएका १० उपसमुहमध्ये जलविद्युत् उपसमूको शेयर भने घटेको छ । जलविद्युत् उपसमूहको शयेर ५.४३ विन्दुले घटेको छ । त्यस्तै बैङ्किङ २.९६, होटल ०.२२, विकास बैंङ्क ३.१४, वित्त ३.१७, निर्जीवन बीमा २४.२३, उत्पादन ३.०८, अन्य ६.७३, लघुवित्त २.३६ र जीवनबीमा १२.५९ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ५.०७ प्रतिशतले कमाएका छन् । त्यस्तै फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ३.४७, रिलायन्स फाइनान्स ३.३६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.१३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २.७५ प्रतिशतले कमाएका छन् । त्यसैगरी उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.५५ प्रतिशतले गुमाए । घलेम्दी हाइड्रो पावर ४.७०, सिन्धु विकास बैंक ३.७०, तारागाउँ रिजेन्सी होटल ३.३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई