चार घण्टा सर्वसाधरणसँग केपी ओलीको यस्तो भयो टेलिफोन संवाद


काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुभएको छ । ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गर्नुभएको हो ।

सर्वसाधारणसँग प्रत्यक्ष जोडिन ओलीले फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गर्नुभएको थियो । सोही क्रममा टिपाएकामध्ये गोलाप्रथाबाट नाम छनोट गरी ओलीले टेलिफोन गरी संवाद गर्नुभएको हो । संवादको क्रममा ओलीले आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिनुभएको छ ।

ओलीसँग कुरा गर्न इच्छुकले मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म नाम र नम्बर टिपाएका थिए । ‘तपाईँहरूसँग भएका कुराकानीले म उत्साहित छु । दुई लाख ९ हजार एक सय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ‘, ओलीले फेसबुकमा लेख्नुभएको छ ।

ओलीको सचिवालयका अनुसार उहाँले आज करिब ४ घण्टा बसेर कुराकानी गर्नुभएको छ । टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै ओलीले फोन गर्नुभएको हो । सुझावका क्रममा उहाँलाई थरिथरिका सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई