गठबन्धनका चुनावी भेलामा सैनिक जहाज प्रयोग भएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालको यस्तो आयो स्टाटस


आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता नेपाली सेनाको जहाज लिएर धनगढी र सुर्खेत पुगेपछी एमालेका केन्द्रिय सदस्य तथा पुर्व महान्यायधिवक्ता रमेश बडालले यसको बिरोध गर्दै यो कार्य निर्वाचन कसुर र सजाय ऐन २०७३ को दफा २५(२) विपरितको कसुर हो । यस्तो कसुर गर्नेलाई आयोगले दफा २५(४) वमोजिम जरिवाना गर्न र सवारी प्रयोग गर्न दिने अधिकारीलाई विभागीय कारवाही र सवारी साधन निर्वाचन अवधिभर आयोगले कव्जा मा लिने व्यवस्था छ भन्नुभएको छ ।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो ।

हेर्नुस बडालको स्टाटस

हिजो नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी प्रधानमन्त्री शेर वहादुर देउवा, पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालले गठवन्धनको चुनाव प्रचारमा सुर्खेत पुगेको देखियो । यो कार्य निर्वाचन कसुर र सजाय ऐन २०७३ को दफा २५(२) विपरितको कसुर हो । यस्तो कसुर गर्नेलाई आयोगले दफा २५(४) वमोजिम जरिवाना गर्न र सवारी प्रयोग गर्न दिने अधिकारीलाई विभागीय कारवाही र सवारी साधन निर्वाचन अवधिभर आयोगले कव्जा मा लिने व्यवस्था छ ।
निर्वाचन आचार संहिता २०७९ को दफा २(क्ष)ले सुरक्षा निकाय भित्र नेपाली सेनालाई समावेश गरेको छ । यसरी नै दफा ८(घ)ले कुनै राजनैतिक दल वा उमेदवारलाई आफ्नो वा कार्यलयको भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य समाग्री प्रयोग गर्न दिन नहुने उल्लेख छ । दफा १४ ले सवारी साधन प्रयोग मा अनुमती लिनु पर्ने विषयमा हेलिकप्टरको प्रयोग समावेश गरिएको छ । यसवाट नेपाली सेनाको हेलीकप्टरको प्रयोग गर्न दिने र प्रयोग गर्ने दुवै कार्य कसुर हो भन्ने स्पष्ट छ ।
अव हेर्नु पर्दछ कि निर्वाचन आयोगले यसमा कुनै कारवाही प्रकृया अगाडि वढाउछ वा निरिह भै मुक दर्शक भएर मात्र वस्छ?

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई