एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने छ र आगामी पाँच वर्ष मुलुक हाँक्ने छ : एमाले उपाध्यक्ष विष्णु पौडेल
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ । सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै सिर्जना गरेको बताउनु भएको हो ।
सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरूलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने निष्कर्षमा पुगेको पौडेलले बताउनु भयो । अन्य सहयात्री दलहरूको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ छ ।
नेकपा (एमाले) आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रूपमा सरकारको नेतृत्व गर्ने शक्तिका रूपमा उदाउने छ भन्ने अटल विश्वास छ रहेको पौडेलले बताउनु भयो ।