तिहारको समापनसँगै निर्वाचनको प्रचार प्रसार थप तिव्र पार्दै एमाले


काठमाडौं -तिहारको समापनसँगै नेकपा एमालेले चुनाव प्रचारलाई थप तिव्र पार्ने भएको छ ।
तिहारका कारण केही दिन देखि सुस्त बनेको चुनाव प्रचार भाइटिका लगाएसँगै सुरु भइसकेको छ । कतिपय उम्मेद्वारहरुले तिहारकै बीचमा पनि घरदैलो कार्यक्रम जारी राखेका थिए । अधिकांस उम्मेदवारले तिहारसम्ममा घरदैलो सकेका छन् । तिहारको भोलिपल्ट देखि टोल भेला र स्थानीय तह केन्द्रित भेला गर्ने उनीहरुको तयारी छ ।
निर्वाचन आयोगले कातिक १७ गते देखि ठूला आमसभा गर्न दलहरुलाई खुला गरेकोले त्यस अघि नै आन्तरिक भेटघाट,बैठक र भेलाहरु सक्ने तयारीम छन् दलहरु ।
मुख्यकुरा चुनावी घोषणा पत्र हालसम्म कुनै पनि दलले सार्वजनिक गरेका छैनन् । कात्तिक १७ अघि नै घोषणा पत्र सबै दलले सार्वजनिक गर्ने तयारी गरेका छन् । नेकपा एमालेले १४ गते घोषणा पत्र सार्वजिनक गर्ने तयारी गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचार प्रसारकै लागि भोली नै गृह जिल्ला झापा जाँदैहुनुहुन्छ । तीनदिनसम्म अध्यक्ष ओली झापामा नै रहने उहाँको सचिवालयले जानकारी दिएको छ ।
यस्तै तिहार मनाउन काठमाडौं आएका विभिन्न दलका नेता तथा उम्मेद्वारहरु पनि आजै काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्रतर्फ फर्कने कार्यक्रम रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई