व्यक्तीगत स्वार्थको कारणले देश बनाउने कार्यमा व्यवधान पुर्याउनु उपयुक्त हैन- प्रधानमन्त्री ओली


सरकारले यसै आर्थिक बर्षको शुरुवात देखि लागु गरेको मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) का बारेमा भइ रहेका विरोधका सम्बन्धमा बोल्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले व्यक्तीगत स्वार्थको कारणले देश बनाउने कार्यमा व्यवधान गर्नु उपयुक्त नहुने बताउनु भएको छ।

“राजश्वमा हुने चुवाहट रोक्न मद्दत गर्ने भएकाले सरकारले भिसिटिएस प्रणाली लागु गरेको हो। यस प्रणालीको प्रयोगमा केहि बाधा अड्चन भए सरकारले त्यसको सम्बोधन गर्छ” प्रधानमन्त्री ओलीले प्रष्ट पार्नु भयो। “हिजो केतिपय चुहावटहरु थिए होलान। कतिपय अनियमितता थिए होलान। कतिपय व्यक्तीले अनुचित ढंगले लाभ लिइ रहेका थिए होलान। तर अब यस्तो हुनुहँदैन। यी अनियमितता, चुहावटको अन्त्य गर्नु पर्छ। त्यसैले आफ्नो व्यक्तीगत स्वार्थले देश बनाउने कार्यमा व्यवधान गर्नु उचित हैन” उहाले भन्नुभयो।

हिजो मंगलबार मन्त्रालयमा आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.युवराज खतिवडाले समेत नयाँ कर नीतिमा भएका व्यवहारिक कठिनाईहरु सम्बोधन गरेर अघि बढ्न सरकार तयार रहेको सम्बन्धित सरोकारवालाहरुलाई बताउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई