२०७९ कार्तिक १८ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष–आरोग्यताका साथै पारिवारिक सुख शान्ति बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ ।
वृष– नयाँ जिम्मेवारी हात पर्ने छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
मिथुन– आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
कर्कट– सुख आनन्द मिल्नेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ ।
सिंह– इष्टमित्रको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या– नचिताएको स्थानबाट धन आगमनको सम्भावना छ । रमाइलोमा खर्च हुनेछ ।
तुला– उधारो लगानी लगाइएको धन उठ्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ ।
वृश्चिक– ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
धनु– काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । यात्रामा सफलता प्राप्त हुनेछ ।
मकर–बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । काममा खर्च बढ्नेछ ।
कुम्भ– आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला ।
मीन–मिठो भोजन मिल्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।