जबर्जस्ती करणीको अभियोगमा शिक्षक पक्राउ


बालिकालाई बन्धक बनाई जबर्जस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । चौध वर्षीया ती बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मोरङको विराटनगर घर भई हाल उदयपुरको चौँदण्डी नगरपालिका–७ को म्यारीगोल्ड सेकेण्डरी आवासीय विद्यालयका शिक्षक २८ वर्षीय राकेशकुमार कानोडियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

पोखराको एक होटलबाट बन्धक बनाइराखेको अवस्थामा ती बालिकालाई उद्धार गरिएको प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । ती बालिकालाई आठ दिनसम्म बन्धक बनाइराखेको थियो । उनको मोबाइलसमेत कानोडियाले जफत गरेका थिए । ती बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको प्रवक्ता केसीले जानकारी बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई