महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय
नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय भएका छन ।
महतोले २३ हजार ४०२ मत ल्याएर विजयी भएका हुन भने पोखरेलले २२ हजार ३७२ मतमा पाएका छन । पोखरेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।
यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ ।