अशोक राई, रवि लामिछाने र प्रचण्ड बालकोटमा,नेताहरुबीच छलफल सुरु
सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्कनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष र महासचिवलाई लिएर बालकोट बालकोट पुग्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालकोट जानुभएको हो । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।