बिष्णु पौडेललाई साथमा राखेर बालकोटमा ओली-प्रचण्ड बीच निर्णयक वार्ता
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले उपाध्यक्ष बिष्णु पौडेललाई साथ राखेर नेकपा माओवादी केन्द्रका नेताहरुबीच बालकोटमा वार्ता सुरु गर्नुभएको छ ।
नयाँ सरकार निर्माणका लागि निर्णायक रहेका सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुग्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि पुग्नुभएको छ ।
बार्तामा एमाले महासचिव शंकर पोखरेल उपमहासचिव बिष्णु रिमाल लगायतका हुनुहुन्छ ।