रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीमा दाबी गरिरहेका छन् ।
माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनमा छलफल जारी छ ।