मनोरञ्जन क्षेत्रलाई कसरी दुव्र्यवहाररहित बनाउने


नारायण ढुङ्गाना बेलाबेलामा प्रहरीले होटल रेस्टुराँबाट यौनकर्मी पक्राउ गर्ने गरेको छ । कतिपय अवस्थामा १८ वर्ष मुनिका बालिकासमेत फेला परेका छन् । डान्सबारमा अहिले पनि बालिका र किशोरीको प्रयोग भइरहेका छन् । उनीहरु यौन दुव्र्यवहारमा पर्ने गरेको घटनासमेत बेलाबेलामा देखिँदै आएको छ । पछिल्लो अध्ययनलेसमेत मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोग भइरहेको देखाएको छ । अन्य क्षेत्रभन्दा होटल रेस्टुरामा बालिका तथा किशोरी र यातायत क्षेत्रमा बालक श्रममा प्रयोग हुने गरेको यथार्थ हो । यसरी प्रयोग भइरहेका बालबालिकालाई कसरी श्रम शोषण र यौन दुव्र्यवहारबाट मुक्त गराउने भन्ने विषय बेलाबेलामा चर्चा चल्ने गरे पनि ठोस कदम भने कतैबाट गरिएको पाइँदैन । बोलीमा हुने गरे पनि व्यवहारमा भने कार्यान्वयन नहुँदा बालबालिकाको शोषण कायमै छ । काठमाडौँ प्रहरीले भने बालबालिकाको प्रयोग रोकेर मनोरञ्जन क्षेत्रलाई कसरी मर्यादित बनाउने भनेर बहस शुरु गरेको छ । समुदायसँग नमिली कार्यक्रम सफल हुने नदेखेपछि प्रहरीले सो विषयमा होटल व्यवसायीसँगै समुदाय तथा जनप्रतिनिधिसँग छलफल चलाउन थालेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वयं समुदायलाई सक्रिय सहभागिता गराउने गरी अभियान चलाउनु जरुरी रहेकाले यो प्रयास थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो । सुवेदीले भन्नुभयो, “बालबालिकाको प्रयोग तथा यौन दुव्र्यवहारका घटनाका विषयमा प्रहरीमा सूचना नै आउँदैन, हामी खोजीखोजी जानकारी लिनुपर्छ, त्यसैले होटल रेस्टुराँको अवस्था बुझेर सञ्चालकलाई बालयौन दुव्र्यवहार तथा बालश्रमरहित एवं मर्यादित मनोरञ्जन क्षेत्र बनाउन प्रशिक्षणसमेत दिन थालेका छौँ ।” नेपालको कानूनले १८ वर्षमुनिकालाई बालबालिका मानेको छ । कार्यस्थलमा हुने यौन दुव्र्यवहार (निवारण) ऐन २०७१, श्रम ऐन, बालबालिकासम्बन्धी ऐन २०७५ ले बालबालिकाको कुनै पनि काममा बालश्रमलाई प्रतिबन्ध लगाएको छ । परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले यस्ता गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले समुदाय साझेदारी कार्यक्रम ल्याएको बताउनुभयो । सोही कार्यक्रमअन्तर्गत बालबालिकाको प्रयोगलाई रोक्न समुदायसँग विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले प्रहरी, स्थानीय समुदाय, स्थानीय तह र मिडियाको सामूहिक प्रयासमा मात्रै यौन दुव्र्यवहार तथा बालयौन शोषण रोक्न सकिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई