गण्डकी प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान , मुख्यमन्त्री नियुक्तिका लागि दावी पेस गर्न पुस २५ गते बेलुका ४ बजेसम्मकाे समय निर्धारण


Image

काठमाडाैँ- गण्डकी प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ।

प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार विज्ञप्ति जारी गर्दै दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे।

प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको हो ।

सरकार बनाउन २७ सांसदको आवश्यक पर्छ। धारा १६८ उपधारा १ बमोजिम स्पष्ट बहुमत नभएपछि धारा १६८ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको मत हुनुपर्ने छ।

मुख्यमन्त्री नियुक्तिका लागि दावी पेस गर्न पुस २५ गते बेलुका ४ बजेसम्मकाे समय निर्धारण गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई