नवनियुक्त चिनियाँ राजदूत सोङ काठमाडौंमा
काठमाडौं-नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आइपुग्नुभएको छ । सोङ नेपालमा २२औँ चिनियाँ राजदूतको रुपमा कार्यभार सम्हाल्न काठमाडौं आउनु भएको हो ।
उहाँ केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम उत्रिनुभएको हो । होउ यान्छीको फिर्तीपछि चीनले सोङलाई राजदूतका रूपमा नेपाल पठाएको हो ।