प्रधानमन्त्री दाहाल र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उहाँहरूबीच गण्डकी प्रदेश सरकारको पूर्णता, सञ्चालन तथा समसामयिक विषयमा छलफल भएको हो ।
एमालेका अधिकारी माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री हुनुभएको हो ।