५ घण्टा बालकोट बार्तामा यस्तो भयो सहमती, नयाँ मन्त्रीको सपथग्रहण भोलि
काठमाडौं, माघ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको बार्तामा मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा सहमति जुटेको छ ।
ओली निवास बालकोटमा भएको दुई नेताबीचको छलफलमा सहमति जुटेलगत्तै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने भएको हो ।
सोही कामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ । त्यसलगत्तै सत्तारुढ दलहरूले नयाँ मन्त्रीको टुंगो लगाउने सहमति छ ।
आज बिहान करिब ५ घण्टा प्रधानमन्त्री दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । सो क्रममा नेपाली कांग्रेसले विश्वासको मत दिएपछि सत्ता साझेदार दलको रणनीति, मन्त्रिपरिषद् विस्तार, सभामुख निर्वाचनलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री दाहालले बालकोटबाट बाहिरिने क्रममा आजै मन्त्रिपरिषद बिस्तारको कुरा टुंगिने बताउनु भएको थियो । बालुवाटार स्रोतका अनुसार भोलि बेलुकीसम्म मन्त्रिपरिषद विस्तारको तयारी गरिएको छ । आज शोक विदा भएकाले मन्त्रिपरिषद विस्तार भोलिसम्मलाई सारिएको हो ।