भारतले अप्ठेरोमा परेका नेपालीलाई दुःख दिने काम नगरोस् : योगेश भट्टराई


सांसदहरुले प्राकृतिक प्रकोपबाट जनधनको क्षति भएका स्थानमा सरकारको उपस्थितिमा सामूहिक प्रयासबाट राहत र सहयोगका कार्यक्रम हुनुपर्ने तथा सबै पक्षबीच एकमत हुन आवश्यक रहेकामा जोड दिनुभएको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँहरुले विपद्को सामना गर्ने एजेण्डामा राजनीति गर्ने प्रयास नगर्न सुझाव दिनुभयो । बैठकमा सांसद योगेश भट्टराईले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा सरकारले उद्धार, राहत र बाटो खुलाउने कामलाई हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा निर्माण गरिएको भारतीय बाँधका कारण डुबान भएको हुँदा बाँध खुलाउन सरकारबाट उच्चस्तरको कूटनीतिक पहल गरियोस्, भारतले पनि अप्ठेरोमा परेका नेपालीलाई दुःख दिने काम नगरोस् ।” सांसद प्रदीप गिरीले विपद्का बेलामा सबैलाई विश्वासमा लिएर हिँड्नुपर्नेमा सरकारले प्रस्तावमाथि छलफल नै गर्न नचाहेको आरोप लगाउनुभयो ।

सांसद देवेन्द्र पौडेलले भन्नुभयो,“विपद्बाट जनधनको क्षति भएका स्थानमा सामूहिकरुपमा सहयोग र राहतका लागि पहल गरौं, पानी आओस् वा घाम लागोस् सरकारलाई मात्र गाली गर्ने काम नगरौँ ।” सांसद मीना पाण्डेले प्रस्तावलाई राजनीतिक रुपमा नहेरी जनताको हितका विषयमा सहयोग र समर्थन गर्न सुझाव दिनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले भन्नुभयो, “विपद्को सामाना गर्ने सरकारको पूर्व तयारी के थियो ?, कहाँ गरियो ?, जनतालाई आपत परेका बेला सरकार चाहिने हो, उद्धार र राहतको बेलामा अहिलेको सरकार कहाँ छ ।” सासद गगनकुमार थापाले पीडितको गुनासोलाई हेक्का राखेर काम गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले मुलुक बाढीपहिरो र डुबानबाट आक्रान्त भएका बेलामा यसलाई साझा विषयका रुपमा छलफल गर्न आग्रह गर्नुभयो ।

सांसद राजेन्द्र महतोले बाढीपहिरो र डुबानबाट धेरै किसानलाई ठूलो नोक्सानी पुगेको हुँदा उनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा राहतका कार्यक्रमलाई प्रभावकारी तुल्याउन सुझाव दिनुभयो ।

सांसद राधा ज्ञवालीले भन्नुभयो,“सरकार र प्रतिपक्ष मिलेर बाँचेकालाई राहत दिने र सहयोग पु¥याउने काममा एक भएर काम गरौँ, यो बेलामा आरोप र प्रत्यारोप नगरौँ ।” विपद्मा ज्यान गुमाउनेका परिवारलाई दिइने राहत प्रदेशपिच्छे फरक किन भनी प्रश्न गर्दै सांसद विरोध खतिवडाले भन्नुभयो, “एउटै देशको नागरिक मरेको छ, एउटा प्रदेशले एक लाख, अर्काेले दुई लाख, अर्काले तीन लाख यो के भएको हो ?, राहतमा किन विभेद् हुनगयो ?” सासद यज्ञ सुनुवार, मीन विश्वकर्मा, अमरेशकुमार सिंह, विशाल भट्टराई, डिला सङ्ग्रौला, नवराज सिलवालले बाढीपहिरो र डुबान हरेक वर्ष हुने घटना भएकाले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई चुस्त तुल्याउन सरकारलाई सुझाव दिनुभयो । सांसद गङ्गा चौधरी, झपट रावल, गणेशकुमार पहाडी, अतहरकुमाल मुसलमान, पद्मनारायण चौधरी, दीलेन्द्रप्रसाद बडूलगायतले नदी आफ्नो बाटो नपाएपछि दुख दिएको, डोजरले खोतल्दा जमीन अति कमजोर बनेको, छिमेकी मुलुकको बाँधले पनि केही दुख थपेको र पीडामा परेकालाई सामूहिक प्रयास गरेर सहयोग गर्नुपर्ने बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई