अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने


काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम, लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने सम्झौता भएको छ।

अनेरास्ववियुका अध्यक्ष बरालले महाधिवेशनलाई काजगविहीन बनाउनका लागि विद्युतीय मतदान उपकरणको प्रयोग गर्न थालिएको जानकारी दिनुभयो।

अनेरास्ववियुले यसअघि महाधिवेशनमा भित्तेलेखन नगर्ने निर्णय गरेको छ।उहाँले सकभर सहमतिमा नेतृत्व टुङ्ग्याउने प्रयास भइरहेको र निर्वाचन गर्न आवश्यक परेका खण्डमा विद्युतीय मतदान उपकरण प्रयोग गरिने बताउनुभयो।एक सय ९९ कार्यसमिति, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गरी कूल दुई सय ४४ पदका लागि निर्वाचन हुनेछ।

अध्यक्ष बरालका अनुसार एक हजार सात सयभन्दा बढी प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन्।महाविधेशन लागि यही माघ २४ गतेसम्म प्रतिनिधि छनोट गरिसक्नुपर्ने हुन्छ।अनेरास्ववियुको महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ।

राम, लक्ष्मण इनोभेसनका सञ्चालक रिमालले निर्वाचनमा ५० वटा भोटिङ मेसिन प्रयोग गर्ने बताउनुभयो।उहाँले निर्वाचनअघि भोटिङ मेसिनमा नमूना मतदान गरेर सिकाइनेसमेत जानकारी दिनुभयो।इनोभेसनले यसअघि एक सय ११ वटा विद्युतीय मतदान उपकरण प्रयोग गरी मतदान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई