कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने
काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्न लागेको हो ।
राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।
संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ ।