राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
केहीबेर अघि राजधानीस्थित पार्टी केन्द्रीय कार्यालयम बैठक सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री दिन आनाकानी गरेपछि आज सो पार्टीभित्र निर्णायक छलफल हुने भएको छ ।
केन्द्रीय समिति बैठकले सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्ने विषयमा निर्णय गर्ने बताइएको बेला सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै अध्यक्ष रवी लामिछानेले आफू अभिमन्यु नभएको बताउनु भएको छ ।
हेर्नुस लामिछानेको ट्विट
अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।