प्रधानमन्त्री ओलीद्वारा वेलायती प्रधानमन्त्रीलाई बधाई


काठमाडौं,९ साउन –  प्रधानमन्त्री केपी शर्मा ओलीले वेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई वधाई तथा शुभकामना सन्देश पठाउनु भएको छ । 

आफ्ना वेलायती समकक्षीलाई वधाई ज्ञापन गर्दै पठाएको पत्रमा प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गर्नु भएको छ । “नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्र राष्ट्र वेलायत नै हो ” प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ “ आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ । ”

प्रधानमन्त्री ओलीले  सन्र्दभवश, आफ्नो भर्खरै भएको वेलायत यात्राको प्रसंग उल्लेख गर्दै भन्नु भएको छ “ तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समूदायसँगको अन्तरकृयाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो ।”

“ वेलायत सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर मद्दत र सहयोगको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा  भनिएकोछ,  “नेपालमा लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्टिकय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्टकबाट हाम्रो सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्च स्तरको सहयोगको अपेक्षा गर्दछौं । ”

प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकाल तथा वेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना प्रकट गर्दै भन्नु भएको छ “म आउने दिनमा दुई देशको सम्बन्ध अझ मजवूत बनाउन तपाईसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु ।” 

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई