चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित


काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी हुनुभएको छ ।
कार्कीले ३ हजार ५३७ मत ल्याउँदै जित हासिल गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गर्नुभयो ।
मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका ल्याएर विजयी हुनुभयो । निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा। रक्षा श्रेष्ठले भने १५०५ मत ल्याउनुभयो ।
मधेश प्रदेशको उपाध्यक्षमा डा। निरजकुमार सिंह ३०८१ मतका साथ विजयी हुनुभयो । उहाँका निकतम प्रतिद्वन्द्वी डा। महेश महासेठले १५७४ मत पाउनुभयो भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याउनुभयो ।

बागमती प्रदेशको उपाध्यक्षमा डा। प्रकाश बुढाथोकीले ३५५३ मतका साथ विजय हासिल गर्नुभयो । उहाँका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत ल्याउनुभयो । गण्डकी प्रदेशमा डा। राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा। विकास गौचन २३९० मत ल्याउनुभयो । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा। प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा। निरज अर्याल २३०८ मत ल्याउनुभयो ।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा। सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्ष डा। वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा। नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा। केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह–कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह–सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । संघको निर्वाचनमा कुल ६२९२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई