एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल


नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य रहेको वताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागद्वारा कार्यकर्ताहरूका लागि सञ्चालित स्कुलमा ‘मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद’ विषयमा प्रशिक्षण दिँदै महासचिव पोखरेलले मुुलुकलाई समाजवादतर्फ लैजान नेकपा (एमाले) को नेतृत्वमा ध्रूबीकरण अपरिहार्य रहेको वताउनुभयो । महासचिवले भन्नुभयो– मुलुकलाई पूँजीवादतर्फ लैजान नेपाली काँग्रेसको नेतृत्व र समाजवादतर्फ लैजान राज्यसत्तामा एमालेको नेतृत्व अपरिहार्य छ । उहाँले मुलुकमा एमाले हुँदैनथ्यो, एमालेको पहलकदमी हुँदैनथ्यो भने २०६२/६३ सालको राजनीतिक परिवर्तन र माओवादीको रूपान्तरण सम्भव हुँदैनथ्यो भन्नुभयो । समाज बदल्नका लागि नेतृत्वको प्रश्न मुख्य हुने र राज्य सत्तामा नेतृत्वको निरूपण क्रान्तिबाट हुन नसक्दा निर्वाचनबाट यस प्रश्नको निरूपण गर्नुपर्ने हुँदा अहिलेको बर्ग सङ्घर्षको केन्द्रीय प्रश्न निर्वाचन हो भन्ने कुरामा प्रस्ट हुनुपर्ने उहाँको भनाइ छ ।
महासचिवले उत्पादक शक्तिको तीब्र विकासबाट समाज बदलिने र छिटो समाजवादमा पुगिने वताउँदै त्यसका लागि शिक्षा, स्वास्थ्य, प्रविधिको पहुँच, पूँजीको उपलब्धता जस्ता विषयले महत्व राख्ने विचार व्यक्त गर्नुभयो । महासचिव कमरेडले नेपालको संविधानका कारण बहुमत कठिन भएको नभई वैचारिक र नीतिगत विषयमा एउटै मत राख्ने शक्ति विभाजित हुँदा निर्वाचनमा कुनै एक दलको बहुमत प्राप्त हुन नसकेको वताउँदै नीतिगत रूपमा राज्य सत्ताको नेतृत्व गर्न बहुमत जरूरी रहेको र त्यसका लागि राजनीतिक ध्रूबीकरण आवश्यक छ भन्नुभयो । उहाँले एकताबाट संगठनात्मक अराजकताको ब्ल्याक होलमा पसेको पार्टीलाई व्यवस्थित गर्नु जरूरी रहेको वताउनुभयो । उहाले राजनीतिक परिवर्तनका लागि जागरणका गीत बुलन्द बनाएको साँस्कृतिक फाँटबाट समाज बदल्ने सवालमा त्यसैगरी काम हुन नसकेको वताउँदै यसबीचमा नेकपा (एमाले) सरकारमा हुँदा धेरै असाधारण काम भएका र ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्ने वताउनुभयो । यस पटकको पार्टी स्कुलमा जनसाँस्कृतिक महासंघ सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई