बन्दसत्र सञ्चालन गर्न भानुभक्त ढकालको नेतृत्वमा बन्यो ९ सदस्यीय अध्यक्षमण्डल


 

काठमाडौं, फागुन ३ । अखिल नेपाल स्वतन्त्र बिद्याथी युनियन (अनेरास्ववियु) को २३औं राष्ट्रिय महाधिवेशनको बन्द्य सत्र सञ्चालनका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाललको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले उदघाटन सत्रको समापनमा बर्तमान केन्द्रीय कमिटी बिघटन गरी ढकालको नेतृत्वमा ९ सदस्यीय अध्यक्षमण्डल गठन गरेको घोषणा गर्नुभयो ।

अध्यक्षमण्डलमा अखिलका बिघटित कमिटीका अध्यक्ष बरालसहित बिनोद ढकाल, खिमलाल भट्टराई, माधव ढुंगेल, रचना खडका, किशोरबिक्रम मल्ल, नविना लामा र ऐन महर सदस्य हुनुहुन्छ ।

अनेरास्ववियुको २३ औं महाधिवेशन आजबाट सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर महाधिवेशनको उदघाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई