मसानघाटमा पुगेको प्रेत व्युताउने कुरा किमार्थ स्वीकार्य छैनः महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राष्ट्रिय शक्तिहरुलाई कमजोर बनाउने विदेशीहरूले चलखेल गरिरहेको बताउनु भएको छ।

आज काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा विदेशीले चलखेल गरिरहेको बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘विदेशीले गर्न खोजेको षड्यन्त्रलाई असफल पार्न अनेरास्ववियुले अग्रसरता लिनुपर्छ।’
सो अवसरमा पार्टीका महासचिव शंकर पोखरेलले मसानघाटमा पुगेको प्रेतलाई व्युताउने प्रयास भइरहेको र त्यो किमार्थ स्वीकार्य छैन भन्नुभयो ।
उहाँले वर्तमान चुनौतीहरूलाई परास्त गर्न वैचारिक तथा राजनीतिक रूपमा खडा हुन सक्ने अनेरास्ववियु अहिलेको आवश्यकता भएको भनाई राख्नुभयो ।
अनेरास्ववियुको २३औं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहनुभएका महासचिव पोखरेलले वर्ग सङ्घर्षको केन्द्रीय थलो चुनावी सङ्घर्ष भएकाले अब निर्माण हुने संगठन त्यस हिसावले अब्बल र प्रभावकारी हुनुपर्ने वताउनुभयो ।
महासचिव पोखरेलले महाधिवेशनबाट नेतृत्व चयन गर्दा आफूलाई केन्द्रमा राखेर होइन, आन्दोलनको भविष्यलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न सुझाउनुभयो ।
उहाँले अनेरास्ववियुको यस महाधिवेशनबाट बाहिरिने विद्यार्थी नेताहरूलाई पार्टी राजनीतिमा, देश बनाउने अभियानमा सक्रिय बनाइने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई