राष्ट्रपतिका दुई दावेदारबीच आलोकनगरमा यस्तो हुँदैछ वार्तालाप
१० फागुन, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भर्खरै भेटवार्ता भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको समाचार फैलिएपछी कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् । एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे चासो राखेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शुरु भएको छलफलमा माधव नेपाल पुगेका छन । सभापति र अन्य नेताहरुसहितको उक्त छलफलमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको बुझिएको छ ।