पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आयो कडा ट्विट
काठमाडौं, फागुन १४ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आठ दलीय गठबन्धनको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।
सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै गम्भीर आपत्ति जनाउनु भएको हो ।
पाँच बर्षे कार्यकालमा तीन तीन जना प्रधानमन्त्री बन्ने सहमति गरेर आठ दलीय गठबन्धनल गम्भीर गल्ती गरेको बताउदै गठबन्धनमा विचार,नीति,कार्यक्रमको कुनै तादात्म्य नास्ति भन्नुभएको हो ।
हेर्नुस बाबुराम भट्टराईको ट्विट
‘आमनिर्वाचनको तीन महिनाभित्र दुइ गठबन्धन र सरकार परिवर्तन१गठबन्धनमा विचार,नीति,कार्यक्रमको कुनै तादात्म्य नास्ति ! दल र नेताहरूकोनिम्ति राजकीय पदको भागबण्डा मुख्य मुद्दा१संसदको एउटा कार्यकालकालागि तीन प्रमको अग्रिम बॉडफॉड ! जनसरोकारका मुद्दा नास्ति१यही हो लोकतन्त्र ? हामी कता जादैछौं ?’ भट्टराईले भन्नुभएको छ ।