प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु भएको छ।
२६ पुसमा विश्वासको मत लिनुभएका प्रधानमत्री प्रचण्ड दुई महीना १० दिन नपुग्दै अर्को पटक विश्वासको मत लिन उपस्थित भएको भन्दै उहाँले सदनको विजनेश नै यत्ति मात्र हुने त होइन भनेर गर्नुभयो ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले फेरि एक–दुई महिनामै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने बताउँदै भन्नुभयो, ‘म सोध्न चाहन्छु, अर्को चोटी विश्वासको मत लिने कार्यसूची कहिले छ ?’
उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘यो मुलुकका सामुन्ने अर्को कुनै एजेण्डा छैन । क्षणक्षणमा विश्वासको मत । यो विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको त होइन ?’